अनिल गुप्ता, पर्सा, २० कार्तिक । पर्साको जगरनाथपुर गाँउपालिका वार्ड नं. ५ टोल मधुवाहामा राती अं.समय ७ बजेको समयमा मोहम्द सागीर आलमको घरमा सोही गाँउको केही ब्यक्तिहरु गुन्डा गर्दी शैलीमा निज आलमको घरमा गई दुई छोरा, श्रीमती लाई निर्घात कुटपिट गरेका छन् ।
शुभदिपावलीको दिनमा निज आलमको सम्पुर्ण परिवार एक आपसमा गफसफ गर्दै गरेको अवस्थामा सोही गाँउका बनारसी मुखिया बिन, नन्दकिशोर मुखिया बिन,नगिना मुखिया बिनले एकाशी लठी, हातहतियार लिई गुन्डागर्दी शैलीमा तिनीहरुलाई निर्घात कुटपिट गरी बाक्साको ताला भाची नगद रु. तिन लाख तथा केही गरगहनाहरु समेत लुटी लगेको पिडित आलमले जानकारी गराएका छन् । यो घटना हुदा बखत आफु् बिरगंजमा रहेको समेत आलम ले जानकारी गराएका छन् ।
घटना पछि निज आलको घाईते परिवारलाई उपचरार्थ पोखरीयाको अस्पतालमा लगे पछि निजका छोराहरु समान्य घाईते तथा श्रीमतीलाई निर्घात कुटपिट गरेको हुनाले बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरको जानकी टोल प्रहरी चौकीका ईन्चार्ज शिव ओलीले जानकारी गराएका छन् ।
उक्त घटनामा सम्लग्न ब्यक्तिहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिकक्षक बेलबहादुर पाण्डेले बताउनु भयो । ती अपराधीहरुलाई छिटै समाती कडा भन्दा कडा कारवाही गरिने समेत बताउनु भयो ।
तपाईको प्रतिक्रिया