कपिलबस्तु, २० कार्तिक । बाणगंगा नगरपालिका–२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाणगंगा नगरपालिका–१ स्थित किशोर जंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ बर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया