करेन्ट लागेर सर्लाहीमा युवकको मृत्यु    

समाचार

सर्लाही, २० कार्तिक । चक्रघट्टा गाउँपालिका–८ औरही बस्ने २१ वर्षीय अखलेश कुमार महतोको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

घरबाट ४ सय मिटर टाढा रहेको विजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ