सप्तरी, २१ कार्तिक । सप्तरीको कंचनरुप न.पा. –०५ पिपरापुर्वमा नेपाली कांग्रेस र नेकपा एमालेका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नवप्रवेशीहरुलाई माला र अविर लगाई स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट राम मुखिया, उर्मिला देवी साह, रा.प्र.पा. बाट सरिता ठाकुर, माओवादी केन्द्रबाट टिकेश्वर सरदार, विवि फतमा र योगेन्द्र पंडित लगायत सयौंको संख्यामा पार्टी प्रवेश गरेका थिए ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना चौधरी, जसपा नेता विकास तिवारी, जसपा कंचनरुप सचिव चितरन्जन यादव, नगर उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति रहेको थियोे ।
तपाईको प्रतिक्रिया