बाँके, २१ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया