सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु     

समाचार

सप्तरी, २१ कार्तिक । खडक नगरपालिका–३ बनरझुला बस्ने ३८ वर्षीया जैफुल खातुनको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

हरियो बाँस छतमा राख्न जाने क्रममा छत नजिकको ११ हजार भोल्टेजको तारमा बाँस छुन गई करेन्ट लागेर बेहोस भएकी उनको उपचारको लागि स्थानीय मेडिकल खरचुईयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ