बाँके, २१ कार्तिक । नेपालगंज उपमहानगरपालिका–३ एकलाईनी बस्ने हारुन हलुवाईको हारुन श्रृंगार पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
बिद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया