मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

कैलाली, २२ कार्तिक । जोशीपुर गाउँपालिका–५ सिमरास्थित बागमती ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत ३ जनालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ