रौतहट, २२ कार्तिक । बौधिमाई नगरपालिका–५ कोप्वास्थित सडकमा ना.६ त ७९७९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय सुरेश प्रसाद यादवको ट्रयाक्टरले थिचिएर मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया