काठमाडौं, २२ कार्तिक । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा चारदिने भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् ।
उनी कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।
तपाईको प्रतिक्रिया