छठका व्रतालुहरुलाई प्रदेश २ का मन्त्री साहद्वारा साडीसहित नगद वितरण 

समाचार

सप्तरी, २३ कार्तिक । हिन्दूहरुको महान पर्व छठको अवसरमा प्रदेश नं. २ सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुहरुलाई पर्वका लागि साडी तथा सामग्री किनमेल गर्न रकम समेत वितरण गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० का छठ ब्रतालुहरुलाई साडी तथा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन् ।

स्थानीय रामलखन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका उपस्थित रहेको थियो । 

मन्त्री साहले ११० जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ