छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुगोस् : राष्ट्रपति भण्डारी

समाचार

काठमाडौं, २४ कार्तिक । महापर्व छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुगोस् भनी कामना गरेकी छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ