सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व छठ : प्रधानमन्त्री देउवा

समाचार

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व भनेका छन् ।

कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ