कपिलवस्तुमा सूर्यलाई अर्घ दिई धुमधामका साथ छठ पर्व मनाइयो  

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २५ कार्तिक । विशेषगरी तराईमा मनाइने छठ पर्व विभिन्न जिल्लामा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ ।  

कपिलवस्तुका विभिन्न स्थानहरुमा पनि हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्लास्थित सझिया घाटका रुपमा रहेको जमुहार नदी, कपिलवस्तु —३ बाणगंगा नदीको रामघाटमा  छठी माताको पुजाआजा गर्दै यो पर्व मनाइएको हो । 

रामघाट र जमुहार नदीमा १० हजार बढी भक्तजनहरुले छठको सामुहिक पुजा गरेको छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ । 

यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमासमेत भक्तजनहरुले सूर्यको विशेष पुजापठा गरी सामूहिकरुपमा यो पर्व मनाएका हुन् । 

यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो । यस वर्ष भक्तजनको संख्या बढेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । 

भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेशी, पहाडी, नेवार समुदमयका सहभागी थिए । 

बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिवार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । 

उनीहरुले उक्त नदीमा पुजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए । 

बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ । पुजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो । पछिल्लो समयमा साझा पर्वको रुपमा छठ पर्वलाई लिएर मनाइदै आएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ