काठमाडौं, २६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले छठ महापर्वपछि अब मधेशमा महाआन्दोलनको पालो आएको बताएका छन् ।
उनले अन्धकाररूपी राज्यसत्ताका दमनकारी संयन्त्रहरू फालेर जनताको जीवनमा सूर्योदय ल्याउने बेला आएको सामाजिक सञ्जालमा लेखेका छन् ।
‘उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ महापर्व सम्पन्न भएको छ । तर आमनागरिकको जीवनमा सूर्योदय भएको छैन। राज्यको दमन जारी छ । मधेश करौडौं बत्ती बालेर झिलीमिली गर्दै धूमधामसँग छठ मनाइराख्दा मधेशका १७ सपूतहरू नेपाल प्रहरीको हिरासतमा यातना भोगिरहेका थिए ।’ उनले भनेका छन् ।
डा.राउतले ‘म आफैं २०७१ सालमा पहिलो पल्ट गिरफ्तार हुँदा दशैं, तिहार र छठ सबै हिरासत÷जेल भित्रै बितेको थियो। अन्तिम पटक रौतहट हिरासतमा रहँदा त झन् पीडादायक थियो – प्रहरीले हामी पाँच जनालाई त्यही छठको घाट हुँदै सरकारी वकीलको कार्यालय लैजान्थे, हामी छट्पटिरहन्थ्यौं । त्यो छट्पटी, त्यो यातना, त्यो विभेद अझै रोकिएको छैन। त्यसैले छठ महापर्व पछि मधेशमा महाआन्दोलनको पालो आएको छ ।’
तपाईको प्रतिक्रिया