इमरान खान, कपिलवस्तु, २६ कार्तिक । कपिलवस्तुका सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
कृष्णनगर नगरपालिकामा जसपा नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न दलबाट लगभग ६ सय जना जसपा नेपालमा प्रवेश गरेको जसपा नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले बताए ।
केन्द्रीय सदस्य राजकुमार चौधरीको संचालनमा लुम्बिनी प्रदेशका भौतिक योजना एवं पुर्वाधार मन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादव, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, प्रदेश सदस्य राइस शाह, पुर्व मन्त्री दान बहादुर चौधरी, केन्द्रीय सदस्य नारायण खनाल, शैलेश प्रताप शाह, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, रामकुमार गुप्ता लगायत कपिलवस्तु जिल्ला कार्य समिति सदस्य तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया