नक्कली नोटसहित कैलालीमा दुई जना पक्राउ

समाचार

कैलाली, २६ कार्तिक । बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

१ हजार दरको ४० थान नक्कली नोटसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ