रुपन्देही, २६ कार्तिक । तिलोत्तमा नगरपालिका–१३ मडाहास्थित एक फर्निचरमा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
एस श्री फर्निचर एण्ड फर्निसिङ प्रालिमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयबासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया