पर्सा, २६ कार्तिक । छिपहरमाई गाउँपालिका–५ भिष्वा बस्ने सत्रुधन तिवारीको घरमा बालेको घुरबाट आगलागी हुँदा पाँच वटा खसी जलेर मरेका छन् ।
शुक्रबार बिहान आगलागी हुँदा घरभित्र रहेका ५ वटा खसी जलेर मर्नुका साथै बिआर २२ बि ४६७२ नम्बरको मोटरसाइकल समेत जलेर करिब ३ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया