छठ घाट बनाउने विषयमा हिन्दू–मुस्लिमबीच भएको झगडाको मधेशी आयोगका अध्यक्षद्वारा स्थलगत अनुगमन

समाचार

जनकपुरधाम, २६ कार्तिक । छठ घाट बनाउने विषयमा हिन्दू र मुस्लिमबीच भएको भएको झगडाको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले स्थलगत अनुगमन गरेका छन् ।

स्थगलत भ्रमणको क्रममा मधेशी आयोगका अध्यक्ष डा. दत्तले धार्मिक तथा सामाजिक सद्भावमा खलल आउन नदिन अपिल गरेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २० देवपुरा–रुपैठामा छठको दिन हिन्दू–मुस्लिमको बीचमा तेलिया पोखरीमा छठ घाट बनाउने विषयमा झगडा भएको थियो । 

घटनाको आफैं स्थलगत अनुगमनमा पुगेका अध्यक्ष डा.दत्तले स्थानीय मुस्लिम र हिन्दू समाजका स्थानीय अगुवाहरुलाई सामाजिक तथा धार्मिक सद्भावमा कुनै किसिमले खलल आउन नदिन अनुरोध गरेका थिए ।

अध्यक्ष दत्तले सबै धर्मका व्यक्तिले एक–अर्काको धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने र द्वन्द फैलिने काम कसैले पनि नगर्न हुने बताएका थिए । 

त्यहाँ शान्ति सुरक्षाका लागि खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरुलाई शान्ति सुरक्षामा कुनै कमी–कमजोरी आउन नदिन र द्वन्द फैलिने वातावरण सिर्जना हुन नदिनसमेत उनले निर्देशन दिए । सो घटनाबारे उनले वडाअध्यक्षसँग समेत जानकारी लिएका थिए ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग सो विषयमा गम्भीर छलफल गरिने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ