१० हजार लगानीकर्ताहरुको जमघट हुँदै, निजी क्षेत्रबाट बृहद् लगानीकर्तालाई समेट्ने योजना

समाचार

काठमाडौं, २७ कार्तिक । मुलुकमा छरिएर रहेका लगानीकर्ताहरुसंग रहेको पूँजी निर्माणलाई संगठित बनाउँदै लैजाने र वास्तविक क्षेत्रका निर्यातमूलक वा आयात प्रतिस्थापनमूलक उद्यमहरुको संजाल बनाउँदै लैजाने उद्देश्यका साथ संचालित “जनउन्नतिका लागि लगानीकर्ताहरु” अभियान सुरु भएको छ ।

अभियानको पहिलो चरणमा १०,००० लगानीकर्ताहरुको नामावली संकलन गरिने भएको छ । अभियानका सुरुआतकर्ता डा. केशव श्रेष्ठका अनुसार एक महीनाभन्दा कम समयमा ३ हजारभन्दा बढी लगानीकर्ताहरु अभियानमा जोडिएका छन् ।

यति छोटो अवधिमा यतिधेरै जना सहभागी हुनु निकै उत्साहप्रद हो, अभियन्ता डा श्रेष्ठले भने । भविष्यमा आउने लगानीको अवशरबारे जानकारी गराउन शनिबार राजधानीको बानेश्वमा लगानीकर्ताको भेला हुँदैछ ।

अभियानका सहभागी हुन चाहनेहरुले https://forms.gle/Sz6HGW7voN2C9HsB8 लिंकमा अनलाइन गुगल फर्म भर्न सक्ने श्रेष्ठले जानकारी दिए ।

सीमीत लगानीकर्ताहरुको पहलमा संचालन भैरहेकोमा अभियानले आयोजना गरेको भेलाबाट सनिवार आगामी कार्यक्रमहरुलाई व्यवस्थित बनाउँदै लैजान एक समिति चयन गर्ने योजना छ ।

उक्त समितिले इच्छुक लगानीकर्ताहरुको लगानीमा १ अर्ब चुक्ता पूँजी रहेको एउटा होल्डिंग कम्पनी स्थापना गर्ने छ । कम्पनी स्थापनापश्चात् प्रतिस्पर्धी मोडलबाट राम्रा उद्यमहरुको चयन गरि सहायक कम्पनीहरुको संजाल निर्माण गर्दै लगानीकर्ताहरुको सम्पत्ति अभिवृद्धिको साथसाथै मुलुकमा लगानीको अवशरहरु सृजना गर्ने, रोजगारीका अवशरहरु सृजना गर्ने र मुलुकको आर्थिक विकासमा योगदान दिने लक्ष अभियानको छ ।

उच्च निष्ठा, पारदर्शिता, व्यवसायिकता र जवाफदेहिता यस अभियानको मूल मार्ग निर्देशक सिद्धान्त रहने अभियन्ता डा. श्रेष्ठले बताए । यसबाटै जनस्तरबाट पूँजी निर्माण र उद्यमहरुको विकास गर्दै लैजान सकिन्छ भन्नेमा अभियन्ताहरु विश्वस्त छौं, डा. श्रेष्ठले भने, अभियानबारे जानकारी लिएर सहभागी ुहुन हामी समस्त लगानीकर्ताहरुलाई आव्हान गर्दछौं ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ