मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

बाँके, २८ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा भे.९ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पैदलयात्री सोही उपमहानगरपालिका–१८ बस्ने ४५ वर्षीय बिक्रम राईको शनिबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ होम नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ