जनकपुरधाम, २८ कार्तिक । छठ पर्वको विषयमा देवपुरा रुपैठामा हुँदै आएको विवाद वार्ता र सम्वाद्मार्फत् समाधान गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अपिल गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालि–२० देवपुरा रुपैठामा विगत केही दिनदेखि छठ घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद हुँदै आएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले आइतबार एक विज्ञप्ति जारी गरी समस्या समाधान गर्न अपिल गरेका हुन् ।
‘दुई समुदायको बीचमा उत्पन्न भएको विवाद र वैमनस्यताले सामाजिक सद्भाव खल्बलिने गरी विवाद सिर्जना भएकोले मलाई चिन्तित तुल्याएको छ ।,’ महतोले विज्ञप्तिमा भनेका छन्, ‘दुई समुदायबीच आपसी सामाजिक सौहार्दता पौराणिककालदेखि नै रहँदै आएको सर्वविदित्तै छ ।’
त्यहाँको गतिविधिबारे स्थानीय स्थानीय प्रशासनसँग नियमित नियमित सम्वादमा रहेको बताउँदै महतोले दुवै समुदायका व्यक्तिहरुलाई धैर्यता अपनाई वार्ता र सम्वाद्को माध्यमले नै समस्याको समाधान खोज्न आग्रहासमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया