ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

रुपन्देही, २९ कार्तिक । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा रोकी राखेको लु.२ त ९७९९ नम्बरको ट्क्याटरमा लु.३३ प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–८ पकले बस्ने ४८ वर्षीय चन्द्र प्रसाद अर्यालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ