कैलाली, २९ कार्तिक । धनगढी उपमहानरपालिका–६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार दिउँसो आफ्नै घरबाट बिद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भएका थिए ।
उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया