रौतहटमा एकै परिवारका दुई बालकको विषबाट मृत्यु

समाचार

रौतहट, २९ कार्तिक । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।

सञ्जयका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको उपचारको क्रममा मृत्यु भएको हो । 

रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ