कैलाली, २९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २५ सदस्यीय प्रदेशसमिति चयन भएको छ ।
आइतबार धनगढीमा सम्पन्न प्रदेश अधिवेशनबाट धर्मराज जोशीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
यसैगरी गणेशबहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय विशेष समिति पनि गठन गरिएको जनाइएको छ ।
विशेष समिति र २५ सदस्यीय कार्यसमितिले आपसी सहमतिका आधारमा प्रदेश कमिटिका पदाधिकारी चयन गर्नेछ ।
तपाईको प्रतिक्रिया