जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा उत्पन्न भएको हिन्दू–मुस्लिम समुदायबीच विवाद समाधानका लागि सातबुँदे सहमति भएको छ ।
छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो विषयलाई लिएर शनिवार पुनः झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो ।
सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरका प्रमुख, उपप्रमुख, देवपुरा रुपैठाका हिन्दू र मुस्लिम समुदायका अगुवाहरुबीच विवाद समाधान गर्न दुबै पक्षबीच ७ बुँदे सहमति गराएको छ ।
तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।
तपाईको प्रतिक्रिया