काठमाडौं, २९ कार्तिक । बाराका विपद्पीडितहरुलाई नेपाल–भारत महिलामैत्री समाजले टेन्ट, त्रिपाल र म्याट्रेस वितरण गरेको छ ।
भारत सरकारको सहयोग एवं मैत्री समाज काठमाडौंको समन्वयमा बारा जिल्लाको प्रसौनी गाउँपालिका, पचरौता र गढीमाई नगरपालिकाका विपद्पीडितहरुका लागि टेन्ट, त्रिपाल र म्याट्रेसहरु प्रदान गरिएको छ ।
समाजकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले ७० टेन्ट, २०० म्याट्रेस तथा अन्य राहत सामग्रीहरु बारा जिल्लाको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उक्त तीन पालिकामा रहेका विपद् पीडित परिवारलाई वितरण गरेकी हुन् ।
जिसस बाराका सभापतिको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच समाजकी अध्यक्ष चौधरीले उक्त टेन्ट सम्बन्धित स्थानीय तहका विपद्पीडित परिवारलाई हस्तान्तरण गरेकी छन् ।
सो कार्यक्रमका विशिष्ट अतिथि तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा जिसस सभापतिले यी राहतमा आएका त्रिपाल तथा टेन्टले यो तीन स्थानीय तहका अति विपन्न तथा विपद्पीडित परिवारलाइ ठूलो राहत हुने बताए ।
समाजकी अध्यक्ष तथा सांसद चौधरीले नेपालका धेरै जिल्लामा राहत तथा सेवाको काम गरेको र प्रदेश २ मा पनि उनले गरेको कामको जनस्तरबाटै प्रशंसा हुने गरेको उनले उल्लेख गरे ।
उक्त कार्यक्रममा भारतीय दूतावासबाट प्रतिनिधिका साथै सम्बन्धित गाउँपालिका÷नगरपालिका का प्रतिनिधि, बारा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुका साथै अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया