न्यायालयको गरिमा बचाउन प्रन्याले अविलम्ब निकास दिनुपर्छ : लोसपा वरिष्ठ नेता महतो

समाचार

वीरगन्ज, ३० कार्तिक । पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतोले प्रधानन्यायाधीश जबराले अविलम्ब निकास दिनुपर्ने बताउँदै भने, ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा छ ।’

उनले देश सेटिङ्गमा चलिरहेको बताउँदै भने, ‘सेटिङमा देश चलिरहेको छ । त्यसको जिम्मा प्रमुख प्रधानन्यायाधीशले लिनुपर्छ । न्यायायलयजस्तो संस्थाको गरिमालाई बचाउन अविलम्ब प्रधानन्यायाधीशले निकास दिनुपर्छ ।’

महतोले प्रधानन्यायाधीश कुर्सीमा बसेपछि सेटिङमा फैसला गरेको आरोपसमेत लगाए । ‘प्रधानन्यायाधीशको राजीनामा माग्या हो, राजीनामा गर्नुपर्छ’, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ