बारामा म्याराथन प्रतियोगिता हुँदै

समाचार

काठमाडौं, ३० कार्तिक । प्रदेश नं. २ को बारा जिल्लामा उच्चस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि दौड (म्याराथन) प्रतियोगिता हुने भएको छ ।

आगामी मंसिर १२ गते बाराको आदर्श गाउँपालिकास्थित श्रीराम चरित्र माध्यमिक विद्यालय च्यूटाहाँको प्रांगणबाट म्याराथन प्रतियोगिता सुरु भई रौतहट जिल्लाको सिमाना अरुवा नदीसम्म १० किलोमिटर रहेको छ ।

बारा निर्वाचन क्षेत्र १ को सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका प्रतियोगीहरु सहभागी हुने आयोजक तराई सामुदायिक उत्थान केन्द्र बाराका अध्यक्ष संजय यादवले जनाएका छन् ।

सो म्याराथन प्रतियोगितामा तीन पालिकाका करिब साढे पाँच सयभन्दा बढी प्रतियोगीहरुले भागलिने छन् । तीनै पालिकामा रहेको ३० वटा वडाबाट कम्तीमा १५÷१५ जना प्रतियोगीहरु सहभागी हुनेछन् ।

म्याराथनका प्रथम, द्वितीय र तृत्तीयलाई एक÷एक वटा साइकल र चौंथोदेखि दशौं नम्बरसम्म हुनेलाई एक÷एक वटा वाल घडी पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष यादवले मधेशवाणीलाई बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ