किशोरीमाथि जबरजस्ती करणी तथा लुटपाट 

समाचार

सिरहा, ३० कार्तिक । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्नुका साथै नगद तथा सरसामानसमेत लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको पीडितको आरोप छ ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ