पर्सा, ३० कार्तिक । ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थित ११ बिघा खेतमा अवैध रूपमा लगाएको करिब २ लाख २० हजार गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रहरी कारवाहीको सिलसिलामा सोमबार उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो ।
साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया