बसको ठक्करबाट बालकको मृत्यु

समाचार

मोरङ, ३० कार्तिक । पथरी शनिश्चरे नगरपालिका–२ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ बस्ने २६ वर्षीया भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ । 

भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ