जनकारबाही गर्ने जनमतका कार्यकर्ताहरु रिहा, डा.राउतद्वारा अबिर माला लगाएर स्वागत

समाचार

जनकपुरधाम, १ मंसिर । कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना नेता कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई जनमतका अध्यक्ष डा.सीके राउतले अबिर र माला लगाएर स्वागत गरेका हुन् ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ जनमत नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो । 

पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ