बाँकेमा ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

बाँके, १ मंसिर । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाकोट नगरपालिका–७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त चोकमा खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ