प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

समाचार

विराटनगर, १ मंसिर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।

बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये ७९ जना उपस्थित भएका थिए । प्रमुख विपक्षी नेकपा एमालेल विपक्षमा मतदान गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ