इँटा भट्टा कार्यालयमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट

समाचार

सिरहा, १ मंसिर । जिल्लाको धनगढिमाई नगरपालिका–३ कुरुवास्थित चन्द्र कुमार राईको श्री पदमा इँटा भट्टाको कार्यालयमा आगलागी भएको छ ।

विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा कार्यालयभित्रका सम्पूर्ण सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ