रौतहटको कारागारमा झुण्डिएको अवस्थामा भेटिए कैदी

समाचार

रौतहट, १ मंसिर । गौरस्थित जिल्लाको कारागारको शौचालनमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला परेको छ । 

देवाही गोनाही नगरपालिका–७ का लडाइ साह शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेको अस्पताल प्रशासनले जनाएको छ ।

२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ