महोत्तरी, १ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली र नेकपा एमाले नै मधेशविरोधी रहेका आरोप लगाएका छन् ।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित आमसभामा उनले आफूहरूले दुईपटक संविधान संशोधनको प्रस्ताव राखेको तर एमाले र ओलीकै कारण असफल भएको बताएका हुन् ।
आफूले राखेको प्रस्ताव नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीले पारित गर्न नदिएको जिकिर उनले गरे । उनले ओली र एमाले नै मधेसविरोधी भएको आरोप समेत लगाए ।
प्रचण्डले माओवादीले संघीयता छोड्यो भन्ने आरोप लगाएर महन्थ ठाकुर, राजेन्द्र महतोहरूलाई सिँगारपटार गरेर मधेशको नेता बनाइएको आरोप पनि लगाए ।
‘मधेशवादी पार्टी, मधेशी जनताको पार्टी भनेर महन्थ ठाकुर, राजेन्द्र महतोहरूजस्तालाई सिँगारपटार गरेर तपाईंहरूको अगाडि प्रस्तुत गरियो । हामी मधेशीका मित्र हौँ, माओवादी मधेशीको मित्र होइन भनियो,’ उनले भने ।
तपाईको प्रतिक्रिया