रौतहट, १ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले दुई/चार जना लोभीपापी नेताका कारण ब्यानर मात्र परिवर्तन भएको बताएका छन् ।
रौतहटको गौरमा बुधबार आयोजित एक कार्यक्रममा नेता महतोले उपेन्द्र यादवको पार्टी आफूहरुले आधी रातिमा
जोगाइदिएको तर पछि पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको आरोप लगाए ।
आफूहरुको लक्ष्य प्राप्तिका लागि पार्टीको ब्यानर परिवर्तन भएपनि केही फरक नपरेको बताउँदै मधेशकै जनताको मागअनुसार विगतमा उपेन्द्र यादवको पार्टीलाई पनि एक ठाउँमा ल्याएको जिकिर गरेका छन् ।
‘दुई/चार जना लोभीपापीका कारण हाम्रो ब्यानर मात्रै परिवर्तन भएको छ, हामी सबै त यहीं छौं लोसपामा । तिनीहरुकै कारण पार्टीको विभाजन पनि भयो र ब्यानर पछि परिवर्तन गर्नुप¥यो ।’ उनले भने ।
उनले लक्ष्य प्राप्तिका लागि अगाडि बढ्दा धेरै बाधा व्यवधानहरु आउने गरेको बताउँदै भने, ‘जब लक्ष्य प्राप्तिका लागि अगाडि बढ्दा धेरै बाधा र व्यवधानहरु आउँछन् ।’
तपाईको प्रतिक्रिया