काडमाडौं, २ मंसिर । भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने तयारी गरेका छन् ।
रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी टेलिभिजन खोल्न लागेको हो ।
नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा गरिनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा टेलिभिजनको उद्घाटन हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण, भारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता रहनेछ ।
तपाईको प्रतिक्रिया