धनुषामा अनटेष्ट ट्याक्टर पल्टिँदा दुई भारतीयको मृत्यु

समाचार

धनुषा, ३ मंसिर । विदेह नगरपालिका–७ बेलापट्टीस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टर पल्टिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

जनकपुरबाट खजुरीतर्फ जाँदै गरेको ज.१ त ९६४९ नम्बरको ट्याक्टरलाई अनटेष्ट लेखिएको ट्याक्टरले ओभरटेक गर्ने क्रममा बाटोबाट अन्दाजी २ फिट तल खेतमा पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा भारत सितामढी बेला थाना सिरसिया गाउँ बस्ने ६० वर्षीय राम दयाल राय यादव र सोही ठाउँ बस्ने ४५ वर्षीया अमृता देवी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १८ जनामध्ये ११ जनाको सोही अस्पतालमा र ७ जनाको राम जानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 

घाइतेहरू मध्ये ११ जनाको अवस्था गम्भीर, ६ जना मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ । ज १ त ९६४९ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार अनटेष्ट लेखिएको ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ