जनकपुरधाम, ३ मंसिर । प्रदेश नं. २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित भएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालयसहित मुख्यमन्त्री मो.लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
एकीकृत समाजवादीबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादव सहभागी हुने भएका छन् । उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेर आइतबार दिउँसो शपथ गराउने तयारी भएको छ ।
एकीकृत समाजवादीका शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री दिने मुख्यमन्त्री राउतले तयारी गरेका छन् ।
मुख्यमन्त्री राउतले अहिलेसम्म कानुन, न्याय तथा प्रदेश सभा मामिला र बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफैले सम्हाल्दै आएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालयसम्म बनाएका छन् ।
तपाईको प्रतिक्रिया