महासेठले मनोमानी गरेको भन्दै प्रदर्शन

समाचार

जनकपुरधाम, ४ मंसिर । नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा सांसद रघुवीर महासेठका विरुद्धमा पार्टीकै नेता कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा एमालेका नेता÷कार्यकर्ताले महासेठबिरुद्व नाराबाजी समेत गरेका छन् ।

महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

उनले महाधिवेसन प्रतिनिधि छनौटमा मनोमानी गरेको भन्दै रेल्वे स्टेशनबाट महासेठविरुद्व निकालिएको विरोध ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुँगिएको थियो । 

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ