महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै गुल्जारीद्वारा एमालेबाट राजीनामा

समाचार

रुपन्देही, ४ मंसिर । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. ४ का सह–इन्चार्ज ओमप्रकाश यादव गुल्जारीले पार्टीबाट राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।

पूर्व कृषि राज्यमन्त्रीसमेत रहेका गुल्जारीले शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् ।

उनले जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।

नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ