समृद्ध मधेश निर्माण गर्ने भिजन जनमत पार्टीसँग मात्रै छ : डा.सीके राउत

समाचार

सिरहा, ४ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेशको अशिक्षा, बेरोजगारी र भ्रष्टाचारलाई अन्त्य गर्ने भिजन आफूहरुसँग मात्र रहेको दाबी गरेका छन् ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा जनमत पार्टीको नगरस्तरीय विशाल आमसभालाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले यस्तो दाबी गरेका हुन् ।

उनले आगामी चुनावमा जनताले जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गर्दै क्षणिक लोभमा नपरी दिगो विकासको लागि अगाडि बढ्न आह्वानसमेत गरेका हुन् । 

उनले भने, आज भन्दा ५० वर्ष अगाडि यहाँको धान साउथ कोरिया, भारत निर्यात हुन्थ्यो तर आज यही भूमिमा भोकमरी पैदा भएको छ । आखिर किन्न ? सोच्नु पर्ने बिषय हो ।’ उनले थपे, ‘२०६२÷६३ को मधेश आन्दोलनमा मधेशी माथी गोली चलाउने काङ्ग्रेस आज पनि मधेशबाट भोट कलेकस्न गरिरहेको छ ।’

उनले ७० वर्षदेखि देश वर्वाद गर्ने कांग्रेस, ३० वर्षदेखि देश वर्वाद गर्ने माओवादी र १०÷१५ वर्ष देखि देश वर्वाद गर्ने बहुरुपिया पार्टी जसपा/ लोसपा लाई आउने चुनावमा लखेटेर भगाउने समय आएको टिप्पणी गरे ।

जनमत पार्टीको प्रमुख एजेन्डा जनताराज बनाउने रहेको बताउँदै उनले भने, ‘भ्रष्टाचार जस्तो धमिरा हाम्रो देशमा÷मधेशमा व्याप्त रहेकोले भ्रष्टाचारलाई अन्त्य गर्न जनमत पार्टीको अभियान अगाडि बढिसकेको छ र भ्रष्टाचार अन्त्य गरिछाड्ने छ ।’ 

‘समृद्ध मधेश निर्माणको एक आधार जनमत पार्टीको बनाउ सरकार’ को अभियान अगाडि बढाउँदै गाउँ–गाउँ जान नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

लक्ष्मीपुर पतारी गाउँपालिकाको श्री जनता नन्द ललिता माबिको प्राङ्गणमा आयोजित आमसभामा हजारौंको संख्यामा सर्वसाधारणको उपस्तिथि रहेको थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ