नवलपरासीमा महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न

समाचार

नवलपरासी, ४ मंसिर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको १० किलोमिटर दौड प्रतीयोगितामा पुरुष तर्फ गिरिलाल कोहार प्रथम भएका छन् । 

पुरुषतर्फ सहभागी १२८ जना खेलाडीमध्ये आशिष क्षेत्री द्वितीय र संगम श्रेष्ठ तृतीय भएका छन् । महिलातर्फ १० किलोमिटर दौड प्रतियोगितामा भने  यमुना थापा मगर प्रथम, अनिषा चौधरी द्वितीय र सरिता सिंजाली तृतीय भएका छन् ।  

प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई ७ हजार, ५ हजार र ३ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले बताए ।

खेलाडीहरुलाई  प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले पुरस्कार प्रदान गरेकी थिइन् ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा विभिन्न खेलकुदसंग सम्बन्धित व्यक्ति ,पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ