रौतहट, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. २ माओवादीमय बन्दै गएको बताएका छन् ।
शनिबार रौतहटको कटहरियामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने दाबी गरेका हुन् ।
उनले प्रदेश नम्बर २ माओवादीमय बन्दैगएको बताउँदै आगामी चुनावमा पहिलो पार्टी बन्ने जिकिरसमेत गरेका छन् ।
विगतमा माओवादी केन्द्रले मधेशलगायत महिला, आदिवासी जनजाति, दलित, मुस्लिम र पिछडिएका वर्गहरुको हक, अधिकारकानिम्ति संविधान संशोधनको प्रस्ताव अघि सारिएको विषय पनि उनले स्मरण गरे ।
पछिल्लो समय मधेशमा माओवादी केन्द्रले संघीयताको मुद्दा छोडिसक्यो भन्नेजस्ता भ्रमहरु फैलाइएको बताउँदै उनले भ्रम चिर्नकै लागि पनि विगतमा आफूले मधेशबाट निर्वाचन लडेको जिकिर गरे ।
उनले मधेशी जनताको वास्तविक हक, अधिकारको लडाई माओवादीले मात्रै गर्न सक्नेसमेत बताए ।
तपाईको प्रतिक्रिया