कपिलवस्तु, ५ मंसिर । जिल्लाको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका १२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ८० हजार रुपैयाँ बराबरको सिसौको काठ बरामद गरेको छ ।
अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सिसौको काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरपुर कपिलबस्तुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया